Logo

‘उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा



गोदावरी, २४ मङ्सिर: कैलालीको गोदावरी नगरपालिकाले सुत्केरीको पोषण सुधारका लागि ‘उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

संस्थागत प्रसूति सेवालाई थप प्रोत्साहन गरी मातृ तथा शिशु मृत्यु कम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख रत्ना कडायतले बताए । सुत्केरीमा पोषणको उपलब्धता तथा मातृशिशु मृत्युदर कम गर्नाका साथै सुरक्षित मातृत्वका लागि पोषण र सरसफाइ सचेतना अभिवृद्धि गर्न नगरपालिकाले यस वर्षदेखि यो कार्यक्रम सञ्चालनमा ल्याएको उनले बताए ।

कार्यक्रमअन्तर्गत प्रत्येक वडामा सुत्केरी भएकालाई अण्डा, घीउलगायत पोषणयुक्त खानेकुरा वितरण सुरु गरिएको छ । सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सो कार्यक्रम सञ्चानल गरिएको उपप्रमुख कडायतले जानकारी दिए ।

गोदावरी नगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य क्लिनिकअन्तर्गत बर्थिङ्ग सेन्टरबाट सुत्केरी गराएकालाई उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रमअन्तर्गत पोषणयुक्त खानेकुरा वितरण भइरहेको उनको भनाइ छ । यो कार्यक्रमले आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नगरपालिकाको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot