Logo

जितजंग बस्नेतलाई ऋषि धमलाको प्रश्न : तपाईँलाई किन केन्द्रीय सदस्य बनाउने ? (भिडिओसहित)



काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले नेपाली काँग्रेसको १४औं महाधिवेशनलाई पार्टीको उत्साह र एकताको रुपमा हेरेको बताएका छन् ।

हिजो (बिहीबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले पार्टीको १४औं महाधिवेशनबाट आम नेता कार्यकर्ताले उर्जा प्राप्त गर्ने जसले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

साथै, उनले नेपाली काँग्रेसको १४औं महाधिवेशनमा आफुले युवा पुस्ताको नेतृत्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा समेत गरे ।
‘मैले तरुण दललाई दिनुपर्ने कुरा आजसम्म दिएँ, अब युवा पुस्ताको नेतृत्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने विचार गरेको छु’–उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्