Logo

पहिलो हाफमा मनाङलाई एक गोलको अग्रता



काठमाडौं, २४ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (शुक्रबार)बाट चौंथो चरणका खेलहरु सुरु भएका छन् ।

जसअन्तरगत अहिले भइरहेको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिदा मनाङले १–० गोलको अग्रता बनाएको छ ।

खेलको ४१ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्