Logo

सरकार निर्वाचन सम्म पुग्नेमा सिटौलाको आशंका



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार निर्वाचन सम्म पुग्नेमा आशंका गरेका छन् । उनले पार्टीको १४औं महाधिवेशन उदघाटनमा बोल्दै त्यस्तो आशंका व्यक्त गरेका हुन् ।

‘सरकार निर्वाचन सम्म पुगोस्,’ सिटौलाले सरकार चुनाव सम्म पुग्नेमा आशंका गर्दै भने,‘मैंले सरकार बन्दै गर्दा पनि पार्टी सभापतिज्यूलाई यही भनेको थिएँ ।’ उनले काँग्रेसको नेतृत्वमा चुनाव भएमा निष्पक्ष र धाँधलीरहित हुने दाबी गरे ।

सिटौलाले युवाहरुतर्फ आफ्नो ध्यान गएको बताए । उनले भने,‘हामी धेरै माथि उमेरमा पुगिसकेका छौं । अब युवाहरु अगाडि बढ्नुपर्छ ।’ युवाहरुमा नयाँ जागृती आएकोमा खुशी व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot