Logo

पौडेल समूह सभापतिको साझा उम्मेदवार छान्न असफल



काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न संस्थापनइतर समूह असफल भएको छ । सुक्रबार राति बसेको संस्थापनइतर समूहको बैठकमा नेताहरु सहमति जुटाउन असफल भएका हुन् ।

बैठकबाट बाहिरिए पछि महामन्त्री डा। शशांक कोइरालाले साझा उम्मेदवार चयन गर्न प्रयास जारी रहेपनि सहमति जुट्न नसकेको बताए । संस्थापन समूहबाट वर्तमान सभापति शेरबहादुर देउवा नै सभापतिका एक्ला दावेदार देखिएपनि इतर पक्षबाट धेरै आकांक्षी छन् ।

पार्टी महाधिवेशनको बन्दसत्रसमेत छाडेर छलफलमा जुटेका नेताहरुको बैठक सहमति बिनै सकिएको हो । पौडेल समूहमा सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको बताइएको छ । नेपाल समाचारपत्र दैनिकबाट

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot