Logo

थपिँदै सत्र विद्युतीय बस



काठमाडौं, मंसिर २५ । आगामी एक हप्ताभित्र १७ वटा विद्युतीय बस काठमाडौं आइपुग्ने भएका छन् । विद्युुतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले चीनमा खरिद गरेका १७ वटा बस अहिले सुनौली भन्सार ल्याइपु(याइएको छ ।
कोरोना महामारीका कारण यी बस बन्दरगाहमा रोकिएका थिए । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने, “१७ वटा बस सुनौaली भन्सारमा ल्याएका छौँ । भन्सार शुल्क, परीक्षण प्रतिवेदन, यातायात व्यवस्था विभागका पत्रलगायतका भन्सारका काम भइरहेको छ, बढीमा एक हप्ताभित्र बसहरू काठमाडौँ ल्याउँछौँ । ”

४० सिटका ती बसहरू काठमाडौंमा सञ्चालन गरिनेछ । १७ वटामध्ये चारवटा बस बुटवल भैरहवामा सञ्चालन गरिने प्रालिले जनाएको छ । सुन्दर यातायातले विगत दुई वर्षदेखि चारवटा बस सञ्चालन गरिरहेको छ ।
सरकारले विद्युुतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले ५० करोड रुपियाँ लगानीमा बसहरू खरिद गरिरहेको छ । काठमाडौं उपत्यकाबाहिरका प्रमुख सहरहरू बुटवल, विराटनगर, नारायणगढ, नेपालगञ्जमा पनि सञ्चालन गरिने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot