Logo

गगन थापा शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्दै



काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको छ । उनी केन्द्रीय सदस्य शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न लागेका हुन् ।

शेखरको प्यानलमा महामन्त्री बन्ने भएपछि गगन थापाले पूर्वमहामन्त्री प्रकाशमान सिंहको साथ छाडेका छन् । उनी कोइरालाको प्यानलमा रहनुलाई अर्थपूर्ण मानिएको छ ।

यसैगरी, शेखर कोइरालाको नजिक केही नेताहरु सिंहको साथमा गएका छन् । उनीहरुले यसको घोषणा गर्न लागेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्