Logo

उद्घाटन खेलमा आज नेपाल र बंगलादेश भिड्दै



काठमाडौं, २५ मंसिर । दोस्रो संस्करणको यू–१९ महिला फुटबल साफ च्याम्पियनसिप आज (शनिबार) देखि बंगलादेशमा सुरु हुँदैछ ।

जस अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा आज बंगलादेशविरुद्ध खेल्दैछ । आजको खेलमा बंगलादेशलाई हराउदै नेपालले सुखद सुरुवात गर्न चाहन्छ ।

बंलगादेश जानु अघि नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यस पटक उपाधि ल्याउने लक्ष्य रहेको बताएका थिए ।

नेपालले आफ्नो लक्ष्यको रुपमा उपाधीका साथै, बंगलादेश र भारतलाई हराउनु रहेको बताएको छ ।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले यस प्रतियोगितामा सहभागिता जनाएका छन् । तस्विरः एन्फा



प्रतिक्रिया दिनुहोस्