Logo

सुजाताले भनिन्– परिवार भन्दामाथि सिद्धान्त हो, प्रकाशमानसँग सिद्धान्त मिल्यो (भिडियोसहित)



काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पारिवारभन्दा माथि सिद्धान्त रहेको भन्दै आफु प्रकाशमान सिहंको सिद्धान्तबाट प्रभावित भएर सिहंको प्यानलमा आएको स्पष्ट पारेकी छिन् ।

सुजाता सिहंको प्यानलमा आएसँगै कोइराला परिवार बिभाजित भएको छ । उनले सिहंको प्यानलबाट उपसभापतीमा उम्मेद्वारी दिने भएकी छिन् ।

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा प्रकाशमान सिहंको प्यानलबाट उपसभापतिमा उम्मेद्वारी दिने निर्णय भएपछि प्राइम टाईम्स टेलिभिजनसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताइकी हुन् ।

यस्तै, उनले प्रकाशमान सिहं गणेशमान सिहंको छोरा मात्र नभएर नेपाली काँग्रेस पार्टीमा एउटा असल र लामो संघर्ष गरेको नेता भएकोले साथ दिएको प्रतिक्रीया दिइन् ।

‘प्रकाशमान जिले जनजातिलाई प्रतिनिधित्व गर्नुहुन्छ, उहाँले महिलालाई पनि एकदमै सम्मान गर्नुहुन्छ । मलाई उपसभापतिमा राख्ने कुरा गर्नुभयो’ उनले भनिन् ।

उनले नेपाली काँग्रेसको नेतृत्व गर्ने नयाँ अनुहार चाहिने भन्दै त्यसको लागि प्रकाशमान सिहं सक्षम भएको बताइन् ।

यस्तै, नेपाली काँग्रेस पार्टी एउटा आधुनिक पार्टी बन्नुपर्नेमा जोड दिदै उनले भनिन्, ‘नेपाली काँग्रेसले अब संसारमै तरंग ल्याउनुपर्छ । हामी त्यो गर्न सक्छौं । हामले नै जित्नेछौं’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot