Logo

देउवालाई भेट्न शशांक बालुवाटारमा, उपसभापति बस्न देउवाको प्रस्ताव



काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

स्रोतकाअनुसार संस्थापनईतर समूह तितरवितर भएपछि कोइरालाले देउवासँग सहकार्य गर्ने तयारी गरेका हुन् ।

उनी अहिले बालुवाटारमा देउवासँग वान टु वान छलफलमा छन् । देउवाले कोइरालालाई आफ्नो समूहमा उपसभापति बस्न प्रस्ताव गरेको बुझिएको छ।

उता, संस्थापनइतर समूहबाट भने डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेद्धवारी दिने भएका छन्।

यता, प्रकाशमानले भने अहिले उम्मेद्धवारी घोषणा गरिरहेका छन्। उनको प्यानलमा उपसभापतिमा सुजाता कोइराला उठ्ने भएकी छिन् । file photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot