काठमाडौं, २५ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्यूरोड फुटबल क्बल (एनआरटि) ले पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटिले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराउदै पहिलो जित हात पारेको हो ।
खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको पहिलो मिनेटमै एनआरटिका स्टेफेन बिनोङले गोल गर्दै टोलीलाई जित दिलाए ।




प्रतिक्रिया