कांग्रेस सभापतिमा शेखर कोइरालाको प्यानल घोषणा


काठमाडौँ, २५ मङ्सिर। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी दिने भएका छन्। रामचन्द्र पौडेल सभापतिको प्रतिस्पर्धाबाट हटेपछि उनले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।

उनका प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी रहेका छन् भने महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन्।

त्यस्तै, सह-महामन्त्रीमा विकास लामा, कमला पन्त, देवराज चालिसे, शेख वकिल, बद्री पाण्डे र जीवन परियारले उम्मेदवारी दिने भएका छन्। अब केही बेरमा प्यानल सहितको टोली मनोनयन दर्ता गराउने भएका छन् ।

Skip This

Omoda E5 Pro