Logo

आफ्नो टिमसहित सभापतिमा उम्मेद्धवारी दर्ता गर्न पुगे डा. शेखर कोइराला (फोटोफिचर)



काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा डा. शेखर कोइराला आफ्नो टिमसहित सभापतिमा उम्मेद्धवारी दर्ता गर्न राष्ट्रियसभा गृह पुगेका छन् । उनको टिमबाट गगन थापा र डा. मिनेन्द्र रिजालले महामन्त्रीमा उम्मेद्धवारी दिने भएका हुन् । थापाले उम्मेद्धवारी दर्ता गर्नुअघि आफ्नो जित निश्चित् रहेको प्रतिक्रिया दिएका थिए ।

त्यस्तै, उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेद्धवारी दिने भएका छन् । त्यस्तै, सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम फाइनल भएको छ ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot