Logo

पौडेल र सिटौला समूहको अन्त



काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट दुईवटा समूहको अन्त भएको छ । संस्थापन इतर समूहका दुई शक्तिशाली गुटको अन्त भएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहको अन्त भएको छ । उक्त समूहका नेताहरु छिन्नभिन्न भएका छन् । यसबाट दुई गुटको उदय भएको छ । जसमध्ये एउटाको नेतृत्व पूर्वमहामन्त्री प्रकाशमान सिंहले गरेका छन् । अर्कोको नेतृत्व केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गरेका छन् ।

सिहको गुटमा सुजाता कोइराला, विश्वप्रकाश शर्मालगायत नेताहरु छन् । शेखर कोइरालाको गुटमा चन्द्र भण्डारी, धनराज गुरुङ, मीनेन्द्र रिजाल, गगन थापालगायत छन् ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गुट पनि अन्त भएको छ । उनको गुट देउवासँग विलय भएको छ । प्रदीप पौडेल देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन् ।

देउवा समूह भने यथावत् छ । उक्त समूहको नेतृत्व स्वयं देउवाले गरिरहेका छन् । पार्टी सभापतिको प्रतिष्पर्धामा यही गुट मजबुत छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot