Logo

एमाले जिल्ला अधिवेशन २३ पुस र प्रदेश अधिवेशन ८ माघमा



काठमाडौं, मंसिर २६। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ ।

भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले जिल्ला र प्रदेश अधिवेशन एकै दिन गर्ने निर्णय गरेको केन्द्र्र्रीय सदस्य कर्णबहादुर थापाले बताए ।

‘हामीले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने निर्णय गरेका छौं । यस्तै, पार्टी प्रवेश अभियान सञ्चालन हुनेछ । एमालेको विचार, सिद्धान्त स्वीकार गरेर पार्टी प्रवेश गर्नेलाई उचित जिम्मेवारी दिनेपार्टीले अभियानको रूपमा अगाडि बढाउने छ । यो अभियान फागुन महिनासम्म सञ्चालन हुन्छ,’ थापाले भने ।

बैठकमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको समीक्षा भएको छ । बैठकको सुरुमा यसअघि शपथ लिन छुटेका केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराइएको थियो । यस्तै, केन्द्रीय कमिटी सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको गरिएको छ ।
आज बिहान ११ पुनः बैठक बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्