Logo

देशभर चिसो बढ्यो, पहाडी भूभागमा आंशिक बदली



काठमाडौं, मंसिर २६ । पछिल्लो पटक देशभर चिसो बढ्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी राति र बिहानको समयमा तापक्रम घट्न थालेको छ ।

मौसममा आएको परिवर्तनसंगै देशका उच्च हिमाली भेगको जनजिवन प्रभावित हुन सुरु भएको छ । पछिल्लो बदलिले तराईमा पनि चिसो बढेको छ । हाल तराईका जिल्लामा हुस्सु लाग्न थालेको हो ।

‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले जनाएको छ । आज देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा देखिएको छ ।

दिउँसो गण्डकी र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ महाशाखाद्वारा जारी खवरमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot