Logo

ग्लोबल आइएमई बैंकको साधारण सभा भोली, लाभांश प्रतिशत कति ?



काठमाडौं, २६ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले भोली (सोमबार)साधारण सभा गर्ने भएको छ । बैंकको १५औं वार्षिक सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सुरु हुने जनाइएको छ ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।

बैंकले हाल कायम चुक्तापूँजी रू. २१ अर्ब ६३ करोड २५ लाख ३ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त प्राप्त गर्न र सभामा सहभागी हुन पाउने भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot