Logo

जब प्रकाशमानले प्रधानमन्त्रीको आश्वासन अस्वीकार गरे…



काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई यसपटक प्रधानमन्त्रीको अफर आयो । काँग्रेस सभापतिको प्रतिष्पर्धामा आफूलाई सघाएमा प्रधानमन्त्री बनाउन साथ दिने आश्वासन रामचन्द्र पौडेल र डा. शेखर कोइराला दुवैले दिए ।

पौडेल र कोइराला दुवै संसदीय चुनाव हारेका हुन् । सिंहलाई पौडेल र कोइराला दुवैले सभापतिमा सघाएमा चाँडै प्रधानमन्त्री बन्न साथ दिने आश्वासन दिएका थिए । शेखर कोइरालाले संसदीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने र संसदीय दलको नेतामा साथ दिएर प्रधानमन्त्री बन्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

सभापति शेरबहादुर देउवाले पनि सिंहलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने आश्वासन दिएका थिए । तर, सिंहले सबै प्रस्तावलाई अस्वीकार गरे ।

विश्वस्त स्रोतका अनुसार सिंहले प्रधानमन्त्री पद आफ्नो परिवारका लागि कहिल्यै ठूलो नभएको स्पष्ट जवाफ दिएका थिए । पिता गणेशमान सिंहले पनि प्रधानमन्त्री पदको असफ अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई आफैले प्रस्ताव गरेको इतिहास औल्याउँदै आफूले पनि पार्टीको जिम्मेवारीमा प्रतिष्पर्धा गर्ने जवाफ दिएका थिए ।

सिंहलाई अन्तिम समयसम्म देउवाले प्रस्ताव पठाए । शेखर कोइरालाले पनि पावर सेयरिङको प्रस्ताव गरे । तर, सिंह डगमग भएनन् । उनले चुनावी प्रतिष्पर्धा गर्ने अडान लिए । सिंहको अडानले उनलाई चट्टाने अडान भएका नेताको परिचय दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot