Logo

देउवाको सोच नै अधिनायकवादीः शेखर कोइराला



काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा सत्तामा नरहँदैमा देशमा अधिनायकवाद नआउने बताएका छन् । उनले आफू नहरे अधिनायकवाद आउने अभिव्यक्ति दिने देउवा नै अधिनायकवादी भएको टिप्पणी गरे ।

‘आफू नरहे अधिनायकवाद आउँछ भन्ने सोच नै अधिनायकवादी सोच हो ,’ कोइरालाले भने । उनले काँग्रेसमा देउवाले अधिनायकवादी सोच राखेको आरोप लगाए ।

सशांक कोइरालाले महामन्त्री डा. शेखर कोइरालासहित आफ्नो टिमलाई राखेर पत्रकार सम्मेलन गरेका छन् । उनले अहिलेको सरकार र गठबन्धनलाई सुदृढ बनाएर आगामी निर्वाचनमा जानुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot