Logo

सशांकले भनेः म कुनै पक्षमा छैन



काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले आफू कुनै पनि पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले आफू कुनैपनि समूहको पक्षमा नरहेको बताएका हुन् ।

‘म कुनै पक्षमा छैन, तटस्थ छु,’ महामन्त्री डा. कोइरालाले प्राइम टाइम्स टेलिभिजनसँगको कुराकानीमा भने,‘म चारवटै प्यानलको मत तान्दैछु ।’ आफू काँग्रेसलाई एकजुट बनाउने पक्षमा रहेको बताए ।

कोइरालाले चारवटै सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला र विमलेन्द्र निधिलाई आफ्नो समर्थन रहेको बताए ।

तपाईं कस्लाई मत हाल्नुहुन्छ भन्ने प्रश्नमा भने,‘यो किन सोध्नुहुन्छ ? त्यो मेरो अधिकारको कुरा हो ।’

महामन्त्री डा. कोइरालाले आफ्ना समर्थकहरुलाई पनि यो या त्यो नेतालाई मतदान गर्न नभनेको बताए । उनले मतदातालाई स्वविवेक प्रयोग गर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्