Logo

प्रचण्डले गराए एन्टिजेन परीक्षण(फोटोफिचर)



काठमाडौँ, २७ मङ्सिर। संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाका सभामुख, अध्यक्ष, उपाध्यक्ष र सांसदरूको आज एन्टिजेन परीक्षण गरिँदैछ । भोलिदेखि सुरु हुने संघीय संसदको बैठकमा सहभागी हुनका लागि आज बिहान संसद भवन, नयाँ बानेश्वर पुगी नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड-१९ एन्टिजेन परिक्षण गराएका हुन्।

संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा उनीहरूको परीक्षण गरिँदैछ ।-Photo Source: https://www.facebook.com/prachanda.nepal

 



प्रतिक्रिया दिनुहोस्