Logo

काँग्रेसमा साँझ ९ बजेसम्म मतदान सकिने अनुमान



काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । मतदान झण्डै ४ घन्टा ढिलो गरी सुरु भएको छ ।

मतदान गर्न प्रत्येक मतदातालाई एक घन्टासम्म लाग्ने देखिन्छ । ४७ सय भन्दा बढी मतदाता रहेकाले राति ढिलो गरी मतदान सकिने देखिन्छ । तर, काँग्रेसको निर्वाचन समितिले साँझ ९ बजेसम्म मतदान सकिने दाबी गरेको छ ।

एकैपटक एक हजार मतदाता मतदानका लागि प्रवेश गर्न सक्नेछन् । मतदानका लागि ढ्वाङ सयौं स्थानमा राखिएको छ । यसकारण पनि मतदान साँझ ९ बजेसम्म सकिने निर्वाचन समितिले दाबी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot