Logo

विनोद चौधरीलाई ऋषि धमलाको प्रश्न : तपाईँ अब सक्रिय राजनीतिमा नै लाग्ने हो त ? (भिडिओसहित)



काठमाडौं, २७ मंसिर । नेपालमा एकमात्र डलर अर्वपती तथा नेपाली कांग्रेसका प्रभावशाली नेता विनोद चौधरीले अब आफू सक्रिय राजनीतिमा होमिएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो बाँकी समय अब राजनीतिमा व्यतित गर्ने घोषणा गरेका हुन् । उनले आफूले जीवनमा सधैं ठूलो स्केलको सपना देखेको र त्यो पूरा भएको पनि सुनाए । उनले अब आफ्नो सपना भनेको नेपालको सपना भएको भन्दै अर्थतन्त्रकेन्द्रित राजनीति अघि बढाउने योजना सुनाए ।



प्रतिक्रिया दिनुहोस्