Logo

सामान्य विवाद हुँदा भाईले गरे आफ्नै दाईको हत्या



मकवानपुर,२७ मंसिर । आफ्नै दाजुको कुटपिट गरी हत्या गरेको अभियोगमा भाई पक्राउ परेका छन् । आफ्नै दाइ ३३ वर्षीया नन्दरे मोत्तानको कुटपिट गरी हत्या गरेको अभियोगमा कैलाश गाउँपालिका–६ तल्लो पकनी बस्ने ३० वर्षीय सिताराम मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नन्दरे र सितारामबिच सामान्य विवाद भई कुटपिट हुँदा नन्दरेको मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदी, ईलाका प्रहरी कार्यालय पालुङ र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको जनाएको छ ।

अन्य ३ जनालाई समेत नियन्त्रणमा लिएर घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्