Logo

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



सिन्धुली, २७ मंसिर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ घर भएका ४२ वर्षीय हरि बिक लाम्कादेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उच्च अदालत पाटनको २०७७ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ लाख ४१ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ स्थित बनौलिमा फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुली पठाइएकोमा अदालतको आदेशले कारागार कार्यालय सिन्धुली पठाइएको ईलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्