Logo

पहिलो चरणमै चुनाव जित्ने सभापतिका उम्मेद्धवार प्रकाशमान सिंहको दाबी



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनबाट आजबाट नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । सभापतिका उम्मेद्धवार प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् । मतदानपछि मिडियाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूले पहिलो चरणमै जित्ने दाबी गरेका छन् ।

उनले भनेका छन–‘म आफू जित्नेमा ढुक्क छु, म पहिलो चरणमै चुनाव जित्छु, यदि त्यस्तो भएन भने दोस्रो चरणमा नेतृत्व परिवर्तनको कुरा आउँछ ।’ यसअघि मतदानपछि प्रतिक्रिया दिँदै सभापतिका अर्का उम्मेद्धवार शेरबहादुर देउवाले पनि आफू जित्नेमा ढुक्क रहेको पत्रकार ऋषि धमलासँग प्रतिक्रिया दिएका थिए ।

देउवाले भनेः म जित्नेमा निश्चिन्त छु



प्रतिक्रिया दिनुहोस्