Logo

ऋषि धमलासँग सभापतिका उम्मेद्धवार देउवाको प्रतिक्रिया : मतदान गर्न समय लाग्यो, निश्चित जित्छु (भिडिओसहित)



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि अहिले मतदान जारी छ। मतदान विहान ८ बजे सुरु हुने भनिएपनि धेरै ढिला सुरु भएको थियो । मतदान अहिलेपनि जारी छ।

सभापतिका उम्मेद्धवार वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जित्नेमा निश्चित रहेको प्रतिक्रिया दिए । मतदान दिएपछि पत्रकार ऋषि धमलालाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । देउवाले मतदान गर्न चाहीँ समय लागेको बताए । उता, महामन्त्रीका उम्मेद्धवार गगन थापाले पनि आफू जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस्