Logo

प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दाेलनलाई कमजाेर पार्ने मिसनमा लाग्नुभएकाे छ : शंकर पाेखरेल



काठमाडौँ, २७ मङ्सिर: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको बताएका छन् । आज (सोमबार) अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रचण्ड र नेपाल पुँजीवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लागेको दावी गरेका हुन् ।

उनले भने, ‘यो दक्षिणपन्थी अवसरवाद कस्तो रहेछ । कुरा क्रान्तिकारीका गर्ने तर, आफ्नो स्वार्थमा धक्का लाग्ने वित्तिकै त्यो क्रान्तिको आदर्शबाट च्युत भएर दक्षिणपन्थीको सेवामा समर्पित गरिहाल्ने । यो इतिहासको शिक्षा हो । उग्रताको कुरा गर्नेहरू अन्तिममा दक्षिणपन्थी अवसरवादको सिकार हुन्छन् भनेर हाम्रा अग्रजहरूले भन्ने गरेका थिए । त्यो चिज आज माओवादी आन्दोलनका सुप्रिमो ठानिने पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनमा पनि देखियो । हाम्रै आन्दोलनको लामाे समयमा नेताका रूपमा रहनुभएका माधव नेपालले पनि आफ्नो जीवनमा त्यो चिजलाई प्रकट गर्नुभयो ।’

उनले प्रचण्ड र नेपाल दक्षिणपन्थी अवसरवादको सिकार भएको आरोप समेत लगाए । उनले भने, ‘आज प्रचण्ड र माधव नेपालहरू कांग्रेसलाई नेता बनाएर, कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लाग्नुभएकाे छ । दक्षिणपन्थी अवसरवाद भनेको यही त हो नि ।’-File Photo



प्रतिक्रिया दिनुहोस्