Logo

कांग्रेस महाधिवेशन : अहिलेसम्म १४ सय मत खस्यो



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि भैरहेको निर्वाचनमा अहिलेसम्म १४ सय मत खसेको छ। निर्वाचन समितिले दिएको जानकारीअनुसार अहिले साँढे चार बजेसम्म १४ सय मत खसेको हो ।

देश तथा प्रवासबाट आएका ४७ सय २३ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । सभापतिको लागि अहिले शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्