Logo

शेखरले पनि मतदानस्थल छोडेनन् (फोटोफिचर)



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा मतदान जारी छ। अहिलेसम्म २ हजारभन्दा बढिले मतदान गरिसकेका छन् । सभापतिका उम्मेद्धवार शेरबहादुर देउवा र डा. शेखर कोइराला भने यतिवेला मतदानस्थलमै बढि देखिएका छन् । अहिले सभापतिका उम्मेद्धवार कोइराला मतदानस्थलमै पलेटी कसेर बसेका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो पटक भृकुटीमण्डपस्थित नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदान क्षेत्रमा पुगेका छन् । उनी त्यहाँ पुगेर मत मागिरहेका छन् । देउवा त्यहाँ पुगेपछि कार्यकर्ताले भेटघाट गरेका छन् । उनका समर्थकहरु सेल्फी खिच्न पुगेका छन् ।

देउवालाई सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका छन् । देउवासँग पत्रकारहरुले पटक पटक प्रश्न सोधेका छन् । तर, उनले खासै जवाफ दिन मानेका छैनन् ।
तपाईं पहिलो चरणमा जित्नुहुन्छ भन्ने प्रश्नमा भने,‘जित्ने हो ।’ देउवा पटक पटक मतदानस्थलमा पुगेबाट चुनाव निकै प्रतिष्पर्धात्मक र रोचक भएको बुझ्न सकिन्छ ।

देउवा पहिलो चरणमा जित्न नसके दोस्रो चरण कठिन र रोचक हुने आँकलन गरिरहेका छन् । १४औं महाधिवेशनमा नेतृत्वमा देउवा, कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ चुनावी मैदानमा छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्