Logo

कांग्रेस महाधिवेशन : फेरि मतपत्र सकियो, मतदान केहीबेरलाई स्थगित्



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा मतदान जारी छ । तर, अहिले मतपत्र सकिएको कारण मतदान स्थगित गरिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए ।

अपरान्ह ५ बजेसम्म मतदानको समय रहेकोमा निर्वाचन समितिले मतदानका लागि समय थपेको छ। आज बेलुकी ९ बजेसम्म मतदान गर्न पाउने गरी समय थप भएको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्