Logo

ठण्डी बढेसँगै काँग्रेस महाधिवेशन प्रतिनिधिले आक्रोश पोखे



काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत मतदान साँझ ढिलोसम्म हुने भएको छ । राति ९ बजेसम्म मतदानको समय तोकिएको छ । तर, ठण्डी बढ्दा मतदाता मर्कामा परेका छन् ।

विहान साँढे ३ घन्टा मतदान ढिलो सुरु भएको हो । मतपत्र छपाईमा ढिलाई हुँदा मतदान ढिलो गरी सञ्चालनमा आएको हो ।

महाधिवेशन प्रतिनिधिहरु चीसोका कारण चिढिएका छन् । निर्वाचन समितिको व्यवस्थापनमा कमजोरी हुँदा ढिलाई भएको भन्दै असन्तुष्टिहरु सुनिए ।

प्रतिनिधिहरु घन्टौं लाइनमा बसे । चीसोले कठ्याङ्ग्रिएका छन् ।



प्रतिक्रिया दिनुहोस्