Logo

पुटिन कुनै समय ट्याक्सी चलाउँथे



एजेन्सी, २७ मंसिर । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कुनै समय ट्याक्सी चलाउँथे । आवश्यकता परिपूर्तिका लागि उनले विगतमा ट्याक्सी चलाउने गरेको खुलासा गरेका छन् ।

सोभियत संघको विघटनपछि रुस चरम आर्थिक संकटमा परेको थियो । रोजगारीका अवसरहरु बन्द भएका थिए । त्यतिबेला आफ्नो आवश्यकता पूर्ति गर्न पुटिनले ट्याक्सी चलाउन थालेको रुसी समाचार एजेन्सी आरआइए नोभोस्टीलाई आइतबार बताएका हुन् ।

सोभियत संघको विघटनपछि आर्थिक संकटका क्रममा पुटिनले अतिरिक्त रकम कमाउने वाध्यता आएको सुनाए । उनले निजी चालक बनेको सुनाए ।

रुसी गुप्तचर संस्था केजीबीका तत्कालिन निर्देशक पुटिनले आर्थिक अभावका कारण ट्याक्सी चलाउनु परेको सुनाउँदा असजिलो लाग्ने तर यथार्थ भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot