Logo

कांग्रेस महाधिवेशन : मतदान सम्पन्न, आजै राति सभापतिको नतिजा आउने (भिडियोसहित)



मंसिर २८, काठमाण्डौ । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । मतगणना केहीबेरपछि सुरु गर्ने तयारी भइरहेको छ । मतगणना सुरु भएको तीन घण्टामा नै परिणाम आउने बताइएको छ ।

नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको छ । ६४ जना प्रतिनिधिले भोट हालेनन् । सभापतिको मतगणना मतदान भएकैस्थल राष्ट्रियसभा गृहमा हुनेछ ।

कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा रहेका छन् । अब कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कुल खसेको ५० प्रतिशत बढी मत अर्थात पहिलो चरणमा नै २३४० मत आवश्यक रहनेछ । निर्वाचन समितिले मंगलबार बिहानसम्म सभापतिको नतिजा आइसक्ने बताएको छ ।

कुनै पनि उम्मेदवारले ५० प्रतिशत भोट ल्याउन नसकेमा फेरि मतदान हुनेछ ।

नेपाली कांग्रेसको यो महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १३ जना पदाधिकारी चयन गर्नेछ । यस्तै १ सय २१ कांग्रेस केन्द्रीय समिति सदस्य पनि चयन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्