Logo

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बर्दियामा



काठमाडौं, २८ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै मधुवन नगरपालिका–६, सानोश्री बर्दियामा सानोश्री शाखा संचालनमा ल्याएको हो ।

सानोश्री शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै बैंकको कुल शाखा संख्या १०५ पुगेको छ ।

बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot