Logo

आवश्यकता परे संसद् अवरोध गर्छौं : ओली



काठमाडौँ, २८ मङ्सिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे संसद् अवरोध गर्ने बताएका छन् । आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता ओलीले संसद अवरुद्ध गर्दै आइरहेको भन्दै आवश्यकता परे अवरोध गर्ने बताएका हुन् ।

उनले सभामुखले षड्यन्त्र गर्दै गए निरीह भएर नबस्ने चेतावनी समेत दिएका छन् । बैठकमा ओलीले भने, ‘कतिपयलाई लाग्न सक्छ संसदमा भाग लिएर आफ्नो कुरा राख्दिए हुन्छ भन्ने । विरोध गरिरहेका छौं, अवरोध गरेका छैनौं । सरकार सरकार जस्तो छैन, विनाशकारी छ, संसद संसदजस्तो रहेन। सभामुखले न्यूनतम मर्यादा पनि पालना गरेनन्। प्रतिपक्षी पार्टीलाई फुटाउन सभामुख अग्निप्रसाद सापकोटा लागिपरे।’ मंगलबार दिउँसो २ बजे संघीय संसदअन्तरगत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्दैछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot