Logo

प्रकाशमान, सशांक र सुजाताबीच के के कुरा भयो ?



काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेतात्रय प्रकाशमान सिंह, सशांक कोइराला र सुजाता कोइरालाबीच महत्वपूर्ण कुराकानी भएको छ । आज सिंहको निवास चाक्सीबारीमा तीन नेता बसेर भद्र सहमति गरेको बुझिएको छ ।

प्रकाशमान र सुजाताले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि सशांक चाक्सीबारी पुगेका थिए । त्यसपछि नेतात्रयबीच भविष्यका लागि एक ढिक्का भएर जाने सहमति भएको बुझिएको छ ।

काँग्रेसको राजनीतिमा इतिहास बनाएका नेताहरु वीपी कोइरालाका पुत्र सशांक, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाको महत्वपूर्ण कुराकानीलाई अर्थपूर्ण मानिएको छ । उनीहरुले भविष्यमा मिलेर जाने सहमति बनाएको विश्वस्त स्रोतले बताएको छ ।

काँग्रेस महाधिवेशन सकिएपछि नयाँ ढंगले बढ्नेबारे तीनै नेताले छलफल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot