Logo

चीनमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि



एजेन्सी, २८ मङ्सिर। चीनमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह शहर र तियानजिनमा पहिलो पटक ओमिक्रोन पुष्टि भएको हो । यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको त्यहाँकाे एक स्थानीय पत्रिकाले उल्लेख गरेको छ । संक्रमितको उपचार एक स्थानीय अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

याे भेरियन्ट सर्वप्रथम नाेभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखा परेकाे थियाे । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले यस भेरियन्टलाई ओमिक्राेन भनी नामाकरण गरेकाे हाे । अहिले विश्वका लगभग ६३ देशमा उक्त भेरियन्ट पुगिसकेकाे डब्लुएचओले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot