Logo

देउवालाई भोट माग्दै प्रकाशमान सिंह र बिमलेन्द्र निधि (फोटोफिचर)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ ।  मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।

पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा भने देउवा र कोइरालामात्र छन् ।

अहिले मतदान चलिरहँदा मतदानस्थलमा प्रकाशमान सिंह र बिमलेन्द्र निधिले शेरबहादुरलाई भोट मागिरहेका छन् । सोमबार आफूलाई सभापतिमा निर्वाचित गर्न भन्दै भोट मागेका सिंह र निधिले मंगलबार देउवालाई जिताउन भोट मागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्