Logo

म्यानचेष्टर युनाइटेडका खेलाडीमा कोरोना संक्रमण, आजको खेल स्थगित



काठमाडौं, मंसिर २९ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज बिहान हुने भनिएका तिन खेल मध्ये एक खेल रद्द गरिएको छ ।

म्यानचेष्टर युनाइटेडका केही खेलाडीहरुमा कोभिड भएको पुष्टी भएपछि युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको छ। यसअघि पनि टोटनह्यामका ६ जना खेलाडीहरुमा कोभिड देखिएपछि खेल स्थगित गरिएको थियो ।

त्यस्तै, आज बिहान सम्पन्न दुईवटा खेल मध्ये म्यानचेष्टर सिटीले लिड्समाथि गोलको वर्षा गरेको छ । आफ्नो घरेलु मैदान इत्तिहाद स्टेडियममा सिटीले लिड्समाथि शुन्यका विरुद्ध सात गोलको सानदार जीत निकाल्दै अंक तालिकामा आफ्नो शीर्ष स्थानलाई यथावत राखेको छ । अर्को खेलमा एस्टन भिल्लाले नर्विचमाथि २–० गोलको जीत निकालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot