Logo

दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि देउवालाई अमेरिकाले दियो बधाई



काठमाडौं, २९ मंसिर । संयुक्त राज्य अमेरिकाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको छ। नेपालस्थित् अमेरिकी दूतावासले आज देउवालाई बधाई तथा शुभकामना दिएको हो । १४औं महाधिवेशनमा देउवा दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । उनले डा. शेखरप्रसाद कोइरालालाई पराजित गरेका हुन् ।

अमेरिकी दूतावासको फेशबुक पेजमार्फत दिईएको बधाईमा अमेरिका प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका पक्षमा प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्