Logo

सर्वोच्चपछि उच्च र जिल्ला अदालतमा गोला प्रथा लागु गर्ने गृहकार्य, न्यायाधीश खतिवडाको असहमति



काठमाडौं, २९ मंसिर । सर्वोच्च अदालतको फूलकोर्ट बैठडकले देशभरका उच्च र जिल्ला अदालतमा अबदेखि गोला प्रक्रियाबाट पेशी तोक्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

तर, सर्वोच्चपछि उच्च र जिल्ला अदालतमा गोलाप्रथा लागु गर्ने कुराको भने न्यायाधीश ईश्वर खतिवडाले आफ्नो असहमति राखेको स्रोतको दाबी छ। न्यायाधीश खतिवडाले भने गोला प्रथा लागु गर्दा न्यायाधीशहरुको विवेकमा विश्वास नगर्ने अपमानजक कुरा भएको विषय उठाएका थिए । खतिवडाले गोलाप्रथा लागु गरेर न्यायापालिका सुधार नहुने टिप्पणी गरेको पनि स्रोतको दाबी छ ।

सुरुमा बारले आन्दोलन गर्दा र न्यायाधीशहरु पनि आन्दोलनमा उत्रिँदा गोलाप्रथा लागुको कुरा उठाईएको थियो । तर, जब गोला प्रथा लागु हुने भयो अनि आवरणमा गोला प्रथाको माग गर्ने तर भित्रभित्र त्यो लागु नगर्न चाहने न्यायाधीशहरुको पोल खुल्दै गयो ।

अहिले पनि कतिपय न्यायाधीशहरु आँफै गोला तान्दैनन् । कर्मचारीले तानेको गोलामा उनीहरु इजलास बस्ने गरेका छन् । न्यायालय सुधारको लागि भनेर गरिएको आन्दोलन व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि मात्रै हो रहेछ भन्ने पुष्टि भएपछि अहिले आन्दोलनमा उत्रिएको बार र हड्ताली न्यायाधीशहरुलाई ठूलो मार्का परेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot