Logo

कांग्रेस महाधिवेशन : सानेपामा उपसभापति पदको मतगणना सुरु



मंसिर २९, काठमाण्डौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् । त्यस्तै महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

उपसभापतिको सकिएपछि महामन्त्रीको गणना थाल्ने निर्वाचन समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्