Logo

उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा



काठमाडौं, पुस १। सर्वोच्च अदालतको फुल कोर्ट बैठकले २ माघदेखि उच्च अदालत र जिल्ला अदलतमा पनि गोलाप्रथा प्रणालीमार्फत पेसी तोक्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकको न्यायाधीशहरूको पूर्ण बैठकले उच्च र जिल्लामा गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको हो ।

यसअघि सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथा लागू भइसकेको छ । सबै तहका न्यायालयमा गोलाप्रथा लागू हुने भएपछि न्यायाधीशहरूको आन्दोलनको एउटा माग सम्बोधन हुने देखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा अदालतका विकृति हटाउन गोलाप्रथा प्रणालीमार्फत् पेसी तोक्न सुझाव दिइएको थियो । सोहीअनुसार सर्वोच्चमा गत १५ मंसिरबाट गोलाप्रथाबाट पेसी तोकिन थालिसकेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot