Logo

राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान



काठमाडौं, पुस १ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले आह्वान गरेको हो । आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न सकिने जारी सुचनामा उल्लेख छ ।

पुस १७ मा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । नामालीमा नाम, थर उमेर, पद आदि छुटेकाले सच्याउन वा विरोधमा उजुरी दिन सक्नेछन् । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ ।



प्रतिक्रिया दिनुहोस्