Logo

विश्वप्रकाशले पाए प्यानलका सभापति र उपसभापतिका उम्मेदवारले पाएकोभन्दा बढी मत



काठमाडौं, १ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीको प्रतिष्पर्धा रोचक बनेको छ । प्रतिष्पर्धामा गगन थापा फराकिलो मतान्तरले अगाडि छन् ।

दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि लोकप्रीय मत ल्याएका छन् । शर्माले आफ्नो प्यानलका सभापतिका उम्मेदवार प्रकाशमान सिंह र उपसभापतिकी उम्मेदवार सुजाता कोइरालाले प्राप्त गरेको मतभन्दा बढी ल्याइसकेका छन् ।

खसेको कुल मतको आधा खस्दा विश्वप्रकाशले ९ सय मत कटाइसकेका छन् । यो मत प्रकाशमान सिंहले प्राप्त गरेको ३७१ र सुजाता कोइरालाले ल्याएको ६४४ भन्दा बढी हो ।

शर्मा काँग्रेसभित्र लोकप्रीय नेता मानिन्छन् । उनी काँग्रेस प्रवक्ता पनि हुन् । शेरबहादुर देउवा समूहमा रहँदै आएका उनी अन्तिम समयमा सिंहको प्यानलमा पुगी महामन्त्रीको उम्मेदवार बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot