Logo

लुम्बिनी विकास बैंकले गर्यो नेपाल पेमेन्ट सोलुसन्ससँग सम्झौता



काठमाडौं, १ पुस । लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउने भएका छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

बैंकले देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटीएमबाट आफ्ना करिब ३ लाख ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot