Logo

बारको आन्दोलनमा सक्रिय अधिवक्ता पोखरेललाई मीरा खड्का प्रधानन्यायाधीश बने उच्च अदालतको न्यायाधीश बनाउने वचन !



काठमाडौं, १ पुष । नेपाल बारको आन्दोलन लगभग तुहिएको अवस्था छ । बारको ईतिहासमा पहिलोपटक यसपटक आन्दोलन तुहिएको हो । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बारमा डन दाईहरुको निजी स्वार्थ पूरा गराउने प्रपञ्च रचेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिएपछि र उक्त प्रयास असफल भएपछि अहिले आन्दोलनको अगुवा भागमा उभिने अधिवक्ताहरु पनि कुना पसेका छन् । कतिपय बरिष्ठ अधिवक्ताहरु त अदालत परिसरमा देखिन छोडेका छन् ।

बारले अघि सारेका जायज मागहरु पूरा भएपछि पनि आन्दोलन निरन्तर जारी राख्नु र यसको नाममा विभिन्न हत्कण्डा अपनाउनु गलत भएको कतिपय वरिष्ठ अधिवक्ताहरुको टिप्पणी रहँदै आएको छ । बारले प्रधानन्यायाधीश जबरालाई हटाउनको लागि विभिन्न दलका शीर्ष नेताहरुलाई पनि गुहारेको थियो । तर, न्यायालयभित्रको विवादमा दलले हस्तक्षेप नगर्ने नेताहरुको अभिव्यक्ति आएपछि आन्दोलनको अगुवा गरेकाहरु अहिले दुलोभित्र पसेका छन् ।

न्यायालय शुद्धिकरणको नाममा व्यक्तिमाथि निशाना साँधेर आन्दोलन गरिनु र अमुक न्यायाधीशहरुलाई प्रधानन्यायाधीश बनाउने र मिलिभगतमा अदालत चलाउनको लागि मात्रै बारको आन्दोलन थियो भन्ने पुष्टि भएपछि आजभोलि बारको आन्दोलनमा वकिलहरुको उपस्थिति पनि न्यून छ । कतिपय वकिलहरु जो सर्वोच्चका हड्ताली न्यायाधीशहरुसँग पनि खास खास कारणले निकट रहेका छन् ।

बारको आन्दोलनमा सक्रिय बनेका र यसअघि कहिल्यै चर्चामा नरहेका तर यसपटक उग्र रुपमा उत्रिएका अधिवक्ताहरु भने हड्ताली न्यायाधीशहरुको नातेदार समेत रहेको खुल्न आएको छ । यस्तैमा बारको आन्दोलनमा सक्रिय अधिवक्ता लक्ष्मी पोखरेल न्यायाधीश मीरा खड्काको नातेदार भएको उच्च स्रोतको दाबी छ ।

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्का अर्का न्यायाधीश दीपककुमार कार्कीपछि बाँकी तीन महिना प्रधानन्यायधीश बन्न चाहेको कुरा यसअघि सार्वजनिक भैसकेको छ । यदि खड्का प्रधानन्ययाधीश भए उनकै नातेदार जो बारको आन्दोलनमा सक्रिय छिन, उनै पोखरेललाई उच्च अदालतको न्यायाधीश बनाईदिने वचन दिईएको पनि स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्