Logo

अस्ट्रेलिया खुल्यो, जापान बाँकी



काठमाडौं, पुस २ । कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ ।

अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकालगायतका खोपलाई मान्यता दिएको छ । अस्टे«लिया सरकारको पछिल्लो निर्णयसँगै विशेष गरी भिसा लागेर पनि अस्ट्रेलियाको सीमा बन्द भएर नेपालमै रोकिएका चार हजार नेपाली विद्यार्थीले लाभ लिनेछन् ।

यी विद्यार्थीहरू अहिले डलरमा शुल्क तिर्दै नेपालमै बसेर अस्ट्रेलियाका विश्वविद्यालयमा अनलाइनमा पढिरहेका छन् । अस्ट्रेलिया गएर कमाउँदै पढ्ने योजना बनाएका थुप्रै विद्यार्थी नेपालमा नै रहेर डलरमा शुल्क तिरेर पढ्नु पर्दा समस्यामा थिए । नेपाली विद्यार्थीका लागि अर्को आकर्षक वैदेशिक गन्तव्य जापानमा भने कोरोना सङ्क्रमणको त्रास यथावत् रहेको भन्दै जापान सरकारले नेपालीलाई प्रवेश निषेध गर्ने निर्णय यथावत् नै राखेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot