Logo

युरोप र अमेरिकामा कोरोनाको डर लाग्दो संक्रमण दर



काठमाडौं, पुस २ ।पछिल्लो समय अमेरिका र युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनी लगाएतका देशहरुमा दैनिक संक्रमण दर निकै उच्च बन्दै गएको तथ्याङकले देखाएको छ।

२४ घन्टामा अमेरिकामा मात्रै एक लाख २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यहाँ दैनिक संक्रमण दर ४० प्रतिशत रहेको भने मृत्युदर ३४ प्रतिशतले वृद्धि भईसकेको छ ।

त्यस्तै, बेलायतमा एकै दिनमा ७८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जनु जनवरी यताकै सबैभन्दा बढी हो । फ्रान्समा ६० हजार जर्मनीमा ५३ हजार,रुसमा २८ हजार बढी नयाँ संक्रमित थपिएका छन् । रुसमा संक्रमण भन्दा मृत्यु हुनेको संख्या एकै दिनमा ११ सयभन्दा बढी छ । रुसमा मृत्युदर सबैभन्दा बढी देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot